नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघ झापाको पद हस्तान्तरण

0
40

झापा, नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघ जिल्ला कार्यसमिति झापाको पदहस्तान्तरण सम्पन्न भएको छ ।
अरिदमन गण चारआलीका सेनानी नरेन्द्र खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सैनिक संघको पद हस्तान्तरण सम्पन्न भएको हो । संघको चारआलीस्थित कार्यालयमा आयोजित कार्यक्रमकाबीच पदहस्तान्तरण गरिएको थियो ।
संघको सभापति कालीवहादुर कार्की, उपसभापति खेमप्रसाद अधिकारी, सचिव रमेशकुमार थापा, सह सचिव दीपक खड्का, कोषाध्यष लीलराज भुर्तेल , सहकोषाध्यक्ष सोमनाथ ढुङ्गेल रहेका छन् ।
सदस्यहरुमा विष्णुप्रसाद संग्रौला, गोपाल प्रसाई, देवीराज दहाल, पर्शुराम खनाल , वाशुवहादुर दहाल, कृष्ण प्रसाद उप्रेती, चन्द्रवहादुर राई, रामवहादुर खत्री, निरकुमार तामाङ, जुद्धवीर थापा र चित्र वहादुर भट्टराई रहेका छन् ।
कार्यक्रममा मेचीनगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देल,प्रहरी चौकी चारआलीका प्रमुख प्रमोद रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रामवहादुर खत्रीले राष्ट्रिय गानमा धुन वजाई कार्यक्रमको शुरुवात भएको कार्यक्रममा स्वागत संघका उपसभापति खेमराज अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन रमेश कुमार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here