अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको निर्माणाधीन भवनको लागि सहयोग रकम प्राप्त भएको छ ।
हाल रोजगारीको लागि अमेरिकामा रहेका अर्जुनधारा–११ निवासी युवा व्यवसायी मनोज वान्तवा राईले निर्माणाधीन भवनको लागि पाँच लाख रुपैयाँ सहयोग रकम प्रदान गरेका हुन् ।
उक्त सहयोग रकम दाता राईको निवासस्थानमा सोमबार आयोजित एक कार्यक्रममा उनका आमा धनशोभा राई, दाइभाउजु टेकराज+कमला वान्तवा राईले यायोक्खाका अध्यक्ष विजय साङपाङ राईलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

यायोक्खाकोतर्फबाट दाता परिवारलाई मायाको चिनो स्वरुप इष्टदेव सुम्निमा र पारुहाङको तस्वीर प्रदान गरिएको थियो । यायोक्खाका अध्यक्ष विजय साङपाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा किराया झापाका सदस्य क्या.शिवकुमार चाम्लिङ राई, सल्लाहकारद्वय कुसुम थुलुङ राई र पतिराम वान्तवा राई, किराया अर्जुनधाराका सहसचिव प्रेमराज चाम्लिङ राई, सांस्कृतिक विभाग प्रमुख ढाकबहादुर वान्तवा राईलगायतको सहभागिता रहेको थियो ।
यस अघि भवनको पहिलो तला निर्माण गर्न पनि दाता राईको पहलमा अमेरिकास्थित डालस टेक्सासका सहयोगी हातहरुबाट यायोक्खालाई दुई लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको सचिव सिंहबहादुर चाम्लिङ राईले जानकारी दिए ।
“यायोक्खालाई प्राप्त भएको सहयोग रकमबाट भवनको दोस्रो तलाको निर्माण कार्य सुरु गर्ने छौं”– उनले स्पष्ट पारे । कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर चाम्लिङ राईले गरेका थिए ।