योगेन्द्र योगी
बिराटनगर,
माेरङकाे सुन्दरहरैंचा ८ सलकपुरका हात्तीपीडितले हात्तीबाट त्रसित हुनुपरेकाे भन्दै सर्वसाधारणको जीउधनकाे सुरक्षाकाे माग गर्दै सब डिभिजन बन कार्यालय सलकपुरमार्फत् वन तथा वातावरण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
कोशी प्रदेशको मुटु मोरङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुन्दरहरैंचा नगरपालिकामा विगत लामो समय देखि जंगली हात्ती गाउँ वस्तीमा पसी धेरैको ज्यान लिनुका साथै दर्जनौ घरहरु भत्काएको तथा बालीनालीहरु समेत क्षति पुर्याएको भन्दै ज्ञापनपत्र मार्फद हात्ती नियन्त्रण गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा भनिएको छ ‘यस क्षेत्रका आम नागरिक हात्तीको त्रासबाट निदाउन सकिरहेका छैनन् त्यसैले नागरिकको जिउ धनको सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गर्दछौ।’ समयमै प्र्त्यक्ष्य अनुभूति हुने काम नभए हदैसम्मको आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।
करिव एक महिनाको अन्तरलमा सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बू,न्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ८ भृकुटी टोल बस्ने ७३ वर्षीय हरिप्रसाद घिमिरेले हात्तीको आक्रमणबाट ज्यान गुमाईसकेका छन्।
झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको गरिरहेको प्रहरीले जनाएको छ । केही समययता नियमितजस्तै देखापर्ने जंगली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भइरहेका छन्।
लस्करै हिँड्ने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ। जंगल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले सबैमा अनुरोध गरेको छ।