ढकाललाई धन्यवादसहित शुभकामना

0
29

विराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यमा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको मिति २०८१ पुस २९ गतेको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समुह तर्फको प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारीस सूचिमा पर्नु भएका जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले धन्यवाद तथा शुभकामना दिनुका साथै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक हरी ढंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत हरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here