विद्यार्थीलाई न्यानो कपडा वितरण

0
13

मोरङ ।

मोरङको पथरीशनिश्चरे– १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि ८ सम्मका छात्र–छात्राहरूलाई ट्रयाक सुट न्यानो कपडा वितरण गरिएको छ।

अक्षयकोष दाता, विद्यालय र अन्य सहयोगी सङ्घ संस्थाहरुको सहयोगमा जाडोको न्यानो कपडा प्रदान गरिएको हो। कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका कूल ३ सय ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो।

उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पञ्चायत माविका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, नवीन ढकाल स्मृति अक्षय कोषका संस्थापक तुलसी ढकाल, आफ्ना दिवंगत पिता–माता (माधवप्रसाद – डालिका पौडेल) को स्मृतिमा स्थापित अक्षय कोषका संस्थापक दिनेश पौडेल, मनमाया थापा स्मृति अक्षय कोषका संस्थापक लगायतले बालबालिकालाई न्यानो कपडा लगाइदिनु भएको थियो।

केहि दिन अघि मात्रै सोही विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्ना दिवंगत पिता- माता प्रेम – गीता बुढाथोकी स्मृति अक्षय कोषबाट जाडाको न्यानो कपडाहरू प्रदान गर्नुभएको थियो। कक्षा नर्सरी र केजी (बाल कक्षा)मा अध्ययनरत ५० जनालाई विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here