अर्जुनधारा ।
शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा अर्जुनधारा नगरपालिका अन्र्तगतको विभिन्न वडामा वडास्तरिय अभिमुखिकरण कार्यक्रम जारी छ ।
गत पुस २८ गते अर्जुनधारा–९ नं. वडा कार्यालयबाट शुरु भएको उक्त कार्यक्रम आयुर्वेद, स्वस्थ जीवनशैली एवम् स्थानीयस्तरमा पाइने जडिबुटीहरुको विषयमा वडावासीहरुलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक अनिल ठाकुरले जानकारी दिए ।
अर्जुनधारा–९ नं. वडासँगै अर्जुनधारा–२, अर्जुनधारा–४, अर्जुनधारा–८ नं. वडा कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रम मंगलबार अर्जुनधारा–१०स्थित पञ्चकन्या मन्दिरको सभाहलमा आयोजना गरिएको थियो ।
सहजकर्ताद्वय औषधालयका प्रमुख ठाकुरसँगै दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेलले सहजिकरण गरेको कार्यक्रममा ७१ जना बढीको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा कार्यवाहक वडाध्यक्ष तुलसा विष्ट, वडा सदस्य सीता परियार, वडा सचिव त्रिविक्रम पोखरेललगायतको सहभागिता रहेको थियो ।
वडा सदस्य डम्बरप्रसाद धौरालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन औषधालय प्रमुख ठाकुरले गरेका थिए । बाँकी अर्जुनधारा–१, ३, ५, ६, ७ र ११ नं. वडा कार्यालयहरुमा पनि उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।