झापा।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी काठमाण्डौंमा सम्मानित भएका छन् ।
२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले केसीलाई सम्मान गरेका हुन् ।
अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेशन’को प्रमाण पत्र प्रदान गरेका थिए । सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न कोणबाट सहयोग, समन्वय र सहकार्य गरेकोमा उच्च मूल्यांकन गर्दै केसीलाई उक्त सम्मान गरिएको छ ।
प्रहरी उपरीक्षक केसी एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत् रहेका छन् । उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरेर शान्ति सुरक्षा कायम गरिरहेका छन् ।