झापा ।
ब्राउनसुगर बिक्री गरेको भन्दै झापाको मेचीनगर–१३ चारआलीबाट एक जना महिला पक्राउ परेकी छन् ।
मेचीनगर–१३ चारआलीकी २५ वर्षीया लुबी कामाईको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएको थियो ।
त्यसक्रममा उनी सुत्ने कोठाबाट खैनीको प्याकेटभित्र राखिएको प्लाष्टिकसहित ६३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारी राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।