कानेपोखरी गाउँपालिकाद्वारा अपाङ्गता भएका १८ जनालाई आवश्यक सहायक सामग्री सहयोग

0
18

योगेन्द्र योगी
बिराटनगर,

मोरङको कानेपोखरी गाउँपालिकाले पालिका भित्र रहेका १८ जनालाई अपाङ्गता सहायक सामाग्री गरेको छ।

बुधबार पालिकामा विभिन्न प्रकारका १८ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष राजमति इङ्गनामले जानकारी दिईन।

अध्यक्ष इङ्गनामका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुलाई ट्राइसाइकल, कृतिम खुट्टा, साइम्स, वकर, लौरो, बैशाखी, सीपी कुर्सी लगायत सहायक सामाग्री उपलब्ध गराएको हो। अपाङ्गताको अवस्था फरकफरक हुने भएकाले सोही अनुसारको सहायक सामग्री वितरण गरिएको अध्यक्ष इङ्गनामले बताईन्।

अपाङ्गता व्यक्तिहरुलाई निश्चित गतिविधिहरू गर्न वा दिइएको समाज भित्र समान पहुँच प्राप्त गर्न गाह्रो हुने भएकाले आवश्यक सहायक सामग्री वितरण गरिएको उनको भनाइ छ।

सामग्री वितरणमा पालिका अध्यक्ष इङ्गनाम,उपाध्यक्ष भोला अधिकारी र ओ.पि.डिका समिती लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्राबिधिक सहयोग सि.बि.आर.,समन्वय ओ.पि.डि. नवप्रगति संस्था र आयोजना कानेपोखरी गाउँपालिका, महिला बालबालिका शाखाको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here