योगेन्द्र योगी
बिराटनगर,
भारतको महाराष्ट्रको जलगाउँ रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चार नेपाली नागरिक पनि रहेका छन् । लखनऊ-मुम्बई पुष्पक एक्सप्रेस ट्रेनमा आगलागीको अफवाह पछि यात्रुहरू बीच त्रास फैलाएपछि मानिसहरूको मृत्यु भएको बताईएको छ।
दुर्घटनापछि रेल मन्त्रालयले मृतकका परिवारलाई जनही १.५ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ र सामान्य घाइतेलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
डाभोसको विश्व आर्थिक मञ्चमा उपस्थित महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुःखद घटनामा आफ्ना प्रियजन गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। दुर्घटनामा शोक व्यक्त गर्दै उनले एक भिडियो सन्देशमा भने: “राज्य सरकारले घाइतेहरूको सम्पूर्ण खर्च पनि व्यहोर्नेछ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”