धनकुटा ।
धनकुटाको धनकुटा नगरपालिका–७ बाट प्रतिबन्धित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटा–७ का २१ बर्षीय किरण राईको साथबाट लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला पारेको थियो ।
प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनााएको छ ।