बिर्तामोड, प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन भएका छन् ।
बिर्तामोडमा सम्पन्न दशौं अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिव युवारज आचार्य, सहसचिव राम निरौला, समावेशी सहसचिव तीलक योञ्जन र कोषाध्यक्षमा शरद भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अस्मिता साँखी, नवीन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बानिया, सोम मग्राती, रविकिरण वान्तवा, कविचन्द्र गुरागाँई र किशोर उपरकोटी चयन भएका हुन् ।
प्रदेश प्रतिनिधिका रुपमा लक्ष्मी उप्रेती, मञ्जु डाँगी, सरोज चम्लागाँई, प्रकाश पौडेल, अच्युत सुबेदी, भूमिराज पराजुली र सुदीप अधिकारी चयन भएका छन् ।
प्रेस चौतारीको केन्द्रीय प्रतिनिधिको रुपमा माधव व्रिदोही, चेतन अधिकारी, गोपाल झापाली, अर्जुन कार्की, रोहित काफ्ले र मीना बिक चयन भएका छन् ।
प्रेस चौतारी झापाको अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए ।