दोस्रो मेयर कप कराते प्रतियोगिताको आय–व्यय सार्वजनिक

0
21
अर्जुनधारा । 
बा¥हघरे सितोरियो कराते डोजोको आयोजनामा गत पुसमा सम्पन्न भएको दोस्रो मेयर कप आमन्त्रित अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०८१को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ ।
डोजोका अध्यक्ष नारदमणि नेपालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
डोजोका प्रमुख प्रशिक्षक हेमलाल परियारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार प्रतियोगिताको जम्मा आय तीन लाख ६८ हजार तीन सय रुपैयाँ, जम्मा व्यय तीन लाख ४० हजार रुपैयाँ र जम्मा बचत २८ हजार तीन सय रुपैयाँ रहेको छ ।
बचत भएको रकमलाई डोजोको निर्माणाधीन सामुदायिक भवनमा लगानी गरिने बताइएको छ । सोही कार्यक्रममा डोजोका अध्यक्ष नेपालले स्थानीयहरुलाई आवश्यकताका आधारमा व्यक्तिगत १५ सय घना बाँस निःशुल्क उपलब्ध गराएको बताइएको छ ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य गौरीमाया चिमरीया, अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सुरेन राईलगायतले शुभकामना मन्तव्य रोखका थिए । डोजोका उपाध्यक्ष हरिप्रसाद घिमिरेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रमुख प्रशिक्षक परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here