प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा

0
12

बिराटनगर,

प्रेस चौतारी मोरङको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा चीना थापालाई सर्वसम्मत चयन गरेको छ। विराटनगरस्थित कंचनजङ्गा पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनमा अध्यक्ष थापासहित सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत भएको हो।

अधिवेशनले उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई रहेका छन् ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विष्टलाई नगद २१ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रमामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल,एमाले प्रदेश अध्यक्ष घनस्याम खतिवडा, पत्रकार महासंघ कोशी प्रदेश प्रदेश अध्यक्ष भरत बहादुर खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here