चारआली ।
नेपाल स्काउट मेचीनगरको तेस्रो नगरस्तरीय क्याम्पको दोस्रो चरणको तीन वटा प्रतियोगिता सम्पन्न भएको छ ।
पहिलो चरणको वक्तृत्वकला यसअघि नै धुलाबारीमा सम्पन्न भइसकेको थियो । आगामी माघ १६ देखि १८ गतेसम्म धुलाबारीको हिमालयन अंग्रेजी माविमा सञ्चालन हुने क्याम्पको दोस्रो चरणको अन्तर स्काउट दल कविता, चित्रकला र हस्तकला प्रतियोगिता सम्पन्न भएको हो ।
मेचीनगरका स्काउट सञ्चालित २० वटा विद्यालयका ६० जना स्काउट विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । चित्रकला प्रतियोगितामा नर्थ पोइन्ट बोर्डिङकी सौरबी राई प्रथम, इस्टहोराइजनकी याङ्की लामा दोस्रो, होलिबेलका लक्ष्मण मेचे तेस्रो भएका छन् ।
त्यसैगरी हस्तकला प्रतियोगितामा आदर्श माविकी ज्योति निरौला प्रथम, लोपोफोरसकी सुष्मा परियार दोस्रो, अरुणोदयकी प्रशिना बुढाथोकी तेस्रो भएका छन् भने कविता प्रतियोगितामा वासु माविकी अनुजा रायमाझी प्रथम, बजमाविकी प्रीयन्सा उप्रेती दोस्रो र काँकरभिट्टा माविका अनुसन्धान ढुंगेल तेस्रो भएका छन् ।
स्काउट मेचीनगर आयुक्त रीता थापाको सयोजकत्वमा सम्पन्न प्रतियोगिताको प्राज्ञ सुभद्रा अर्याल र भुवन सुब्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा बलभद्र जनता माविका प्रअ तुलसी सुबेदीले शुभकामना व्यक्त गरेको कार्यक्रमको सहजीकरण स्काउट एड्भान्स होल्डर टिचर टेकेन्द्र ढकालले गरेका थिए ।