बुद्धशान्ति ।
झापाको बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचीनगर नगरपालिका बिजयी भएका छन् ।
पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बीचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो ।
शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा शिवसताक्षीले सुपर ओभरमा दिएको १५ रनको तार्गेट झापा गाउँपालिकाले अन्तिम बल बाँकी छदै प्राप्त गर्यो। खेलको म्यान अफ द म्याच झापाका अलराउण्ड प्रदर्शन चार विकेट तथा २० रन लिएका सजाद आलम घोषित हुँदै पुरस्कृत भए ।
त्यसैगरी दोश्रो खेलमा हल्दिबारी गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका १८६ रनको विशाल अन्तरले बिजयी भएको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै प्रतियोगिताकै उच्च योगफल ३२० रन बनाएको थियो ।
मेचीनगरका लागि कप्तान आयुष कार्कीले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै ५५ बलमा १२३ रन बनाएका थिए भने बिराट डागीले ६२ र सन्दिप ढुंगानाले ६५ रन बनाएका थिए। ३२१ रनको विशाल लक्ष्य पछ्याएको हल्दिबारी गाउँपालिका १३४ रनमै सिमित हुन पुग्यो । मेचीनगरको जितमा सतकिय पारी खेलेका आयुष कार्की खेलको म्यान अफ दि म्याच घोषित हुँदै सम्मानित भए ।
भोलिको पहिलो खेल बुद्धशान्ति गाउँपालिका विरुद्ध गौरादह नगरपालिका र दोश्रो खेल भने कचनकवल विरुद्ध गौरीगन्ज गाउँपालिका बीच रहने आयोजक समितिका सचिव मदन मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।