झापा ।
झापाको हल्दिवारी गाउँपालिका–१ बाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ का २३ बर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।