बिर्तामोडमा ४१ जनाले गरे आँखा दानको घोषणा

0
93

गोपाल अधिकारी
बिर्तामोड।

झापाको बिर्तामोडमा ४१ जनाले आँखा दानको घोषणा गरेका छन्। बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको साँची ग्रुप प्रालीले मेची आँखा अस्पतालको सहकार्यमा आँखादान कार्यक्रम सम्पन्न गरेको छ।

मानव जीवनमा गरिने दानहरूमध्ये आँखा दानलाई महादान गरि दृष्टिविहीनलाई उज्यालो जीवन दिएर खुसी ल्याउन सकिने अभिप्रायले आफ्नो मृत्यु पश्चात जलेर खरानी हुनु र सड्नुको अलावा आँखाको सानो भाग ‘नानी'(कर्निया) लाई श्रेयकर ठानेर इच्छा भएका दानवीर दाताहरूले आफ्नो इच्छापत्र व्यक्त गरेका छन् ।

साँची ग्रुपमा आबद्ध सदस्यहरु मध्ये बिर्तामोड ,मेची, कन्काई ,सूर्योदय फिकल ,भद्रपुर, अर्जुनधारा, नगरपालिकाबाट २८ जना झापा, बुद्धशान्ति ,कचनकवल,बारदसी , रोङ, देउमाई, गाउँपालिकाबाट ११ जना तथा पाँचथर र इलामबाट दुईजनालेआफ्नु स्वीकृति पत्र मा हस्ताक्षर गर्नु हुने दाता हरुलाइ प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

साँच्ची ग्रुप प्रालीका चार सञ्चालकमध्ये योजनाकार आलोक तिम्सिनाको मृत्यु पश्चात सहदेव सन्जीव प्रधान रमेश अधिकारी र रमेश उप्रेतीले “शुद्ध पानी पिउ स्वास्थ्य जीवन जिउँ” भन्ने नाराका साथ ७ सय ९९ मासिक किस्तामा प्युरिफायर वाटर फिल्टर वितरण गर्दै आइरहेको छ। भैरहवामा आफ्नै उद्योग रहेको साँच्ची ग्रुप ले कोसि प्रदेशभरि आफ्नो नेटवर्कलाई सिधै उपभोक्ताको घरमा दुई वर्ष वारेन्टी सर्भिस फ्री एक वर्ष ग्यारेन्टी सहित सुलभ मूल्यमा पार्ट्स उपलब्ध गराइरहेको छ।

ग्रुपका चेयर पर्सन सहदेव (संजीव)प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको व्यस्तताका कारण विशिष्ट अतिथि मेची आँखा अस्पतालका आँखा बैंक इन्चार्ज पुष्पप्रसाद अधिकारीले उद्घाटन गरेका थिए ।

विशेष अतिथि अधिकारीले मृत्यु भएको ८ घण्टाभित्र आँखा दान गर्न सकिने तथा आँखाको जुनसुकै शल्यक्रिया गरेता पनि कोर्निया सही रहेको अवस्थामा सामान्य तथा जटिल रोग भएका मानिसहरूको पनि आँखा दान गर्न मिल्ने जानकारी दिए ।

ग्रुपको पाँचौं धमाका अन्तर्गत मासिक लक्की ड्र मार्फत १७ जना विजेताहरूलाई उपहार प्रदान गरिएको थियो। जसमा वाटर फिल्टर १० जनालाई , टिभी, ल्यापटप, मोबाइल, फ्रिज ,एकएक जनालाई , तेस्रो पुरस्कार वासिङ मेसिन तारामान बगाले, दोस्रो एयर कन्डिसन मेसिन, विजय खवास र प्रथम पुरस्कार मोटरसाइकल चन्द्रकला महतो ले हात पारेकी थिइन्।

संस्थाका सञ्चालक रमेश अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण अर्का सञ्चालक रमेश उप्रेतीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here