कमल ।
छाडा पशुका कारण हैरान भएका झापाको कमल गाउँपालिका ३ सानो केर्खाका स्थानीय वासीले छाडा पशुलाई नियन्त्रणमा लिनका लागी कान्जी हाउस निर्माण गरेका छन् ।
छाडा छोडिएका चौपायाले खेतमा लगाएको वाली खाएर नोक्सान गरे पछि आजित भएका स्थानीयले छाडा पशु थुन्नका वडा कार्यलय र स्थानीय प्रहरी प्रशासनको रोवहरमा कांजि हाउस निर्माण गरेका हुन् ।
कान्जी हाउस निर्माण भएपछि अब खुल्ला रुपमा छोडिएका पशु लाई नियन्त्रणमा लिएर कान्जी हाउसमा राखिन्छ र सम्बन्धित पशुधन सित कृषकको बालिनाली पुर्याएको क्षतिपुर्तिका साथै पहिलो पटकलाई प्रति पशु पाँच सय रुपैयाँ लिएर छोडिन्छ तर सोही पशु एक रात रहेमा प्रतिदिनको थप एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ साथै पटकेमा परेपछि एक हजार रुपैयाँ र ३५ दिन सम्म पनि पशुधनले जरिवाना तिरेर आफ्नो पशु उकासेर नलगेमा सम्बन्धी निकायलाई जानकारी गराएर पशुलाई लिलामी गरिने कान्जी हाउस व्यवस्थापन समितिका अध्यक्ष सागर चापागाँईले जानकारी दिए ।
शिवसतासी र ईमाल को चुलाचुली बाट दैनिक रुपमा छाडा पशु आउने र स्थानिय को बालीनालीलाई नोक्सान पु¥याउनुका साथै सवारी दुर्घटना समेत गराउने गरेको समितिका सचिव सुमन गिरी बताउछन् ।