मेची राजमार्ग बन्द, झापाबाट स्कटिङमा सवारी पठाइयो

0
124

इलाम ।

मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प भएका छन् । प्रहरीले स्कटिङ गरेर सवारीहरुलााई सञ्चालन गरेका बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मेची राजमार्ग भएर सञ्चालन हुने सवारीलाई प्रहरीको स्कटिङमा सञ्चालन गरिएको छ । बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरू चल्न नसकेका हुन् । मेची राजमार्ग भएर इलामतर्फ जाने सवारी साधनलाई स्कर्टिङको व्यवस्था गरिएको हो ।

पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति , पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति , किरात याक्थुङ चुम्लुङ , थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।

उनीहरुले मेची राजमार्गमा अनिश्चित कालका लागि बन्द आह्वान गरेका हुन् । प्रहरीले इलाम, पाँचथर र ताप्लेजुङको सुरक्षा ब्यवस्था कडा बनाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here