झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
2181

झापा ।

झापामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का १९ वर्षीय सुजल अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-११ स्थित झरना पुल नजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका अधिकारीलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

पिकअप चालक तेह्रथुम म्याङ्लुङ नगरपालिका- ४ का ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here