हसिनामा विश्व सिमसार दिवस मनाइने

0
101

बिराटनगर,

मोरङको सुन्दरहरैंचा ५ स्थित हसिना सिमसारमा विश्व सिमसार दिवस मनाइने भएको छ। हरेक वर्ष फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ।

यही अवसरमा आगामी माघ २० गते आइतबारका दिन हसिना सिमसारमा विविध कार्यक्रम गरेर विश्व सिमसार दिवस मनाउन लागेको नमुना सामुदायिक वन उपभोक्ता समित तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

अध्यक्ष न्यौपानेका अनुसार कसैलाई अनौपचारिक रुपमा निमन्त्रणा नगरिएको भएपनि स्थानीय कलाकारका बेजोड प्रस्तुती तथा स्थानीय परिकारका साथमा दिवस भव्यताका साथ मनाइने बताए। गत बर्ष पनि राष्ट्रिय कलाकार समिक्षा अधिकारीलाई ल्याएर कार्यक्रम गरिएको थियो। हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ ।

कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सिमसार क्षेत्र लगभग ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हाइवे बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here