लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी

0
9

बिर्तामोड।

नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी खड्का चयन हुनुभएको छ ।

संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । संघको प्रथम जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको निर्वाचन समिति संयोजक जयकुमार दाहालले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा खगेन्द्र उप्रेती, सहसचिवमा सूर्य निरौला र कोषाध्यक्षमा मनोज थापा चयन हुनुभएको निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।
समितिका सदस्यहरुमा कृष्णप्रसाद भण्डारी, तुलविक्रम तामाङ, ध्रुव ढकाल, मदन विष्ट, सन्तोष सुब्बा, श्रीप्रसाद खरेल, अनिलकुमार गुप्ता र बलिराम बास्कोटा चयन हुनुभएको निर्वाचन समिति सदस्य केशव थापाले जानकारी दिनुभयो ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुहुँदै नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले कोशीका अधिकांश जिल्लामा ब्यवसायी संघ गठनको सम्भावना रहेको बताउँदै अधिकांश ब्यवसायीलाई समेटेर संगठन मजबुद बनाउन आग्रह गर्नुभयो ।

झापाका उत्तर–दक्षिण सडकको दुरावस्थाका कारण विगतमा यातायात सञ्चालन निकै कठिन रहेको चर्चा गर्दै उहाँले अहिले सडक सुविधायुक्त भएको र यातायात सञ्चालन सहज भएको चर्चा गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सार्वजनिक यातायात सेवाको गुणस्तर बृद्धि गरेर यात्रुसँग सरल र सरस ब्यवहार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजाल, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, यातायात मजदुर संघ झापाका अध्यक्ष यादवकुमार ओली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संघका कोशी प्रदेश संयोजक टंक दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रीय सदस्य ध्रुवराज घिमिरेले गर्नुभएको थियो भने सञ्चालन कोशी प्रदेश सचिव हरि थापाले गर्नुभएको थियो ।

कार्यक्रमका अधिकांश बक्ताहरुले यातायात ब्यवसाय क्षेत्रले राज्यलाई सबैभन्दा कर तिरिरहेको र धेरैलाई रोजगारी दिइरहेको चर्चा गर्दै सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here