कांग्रेस झापाका सभापति थेवेद्वारा विभागीय समिति विस्तार

0
89

विर्तामोड ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विभागीय समिति विस्तारलाई निरन्तरता दिनुभएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित)को धारा १२, उपधारा ७ (ज) बमोजिम मंगलबार ३५ वटा विभागीय समितिका संयोजक÷सदस्य मनोनित गर्नुभएका थेवेले बुधबार ५ वटा विभागीय समितिका संयोजक तथा सदस्य मनोनयन गर्नुभएको हो ।

जस अन्तरगत जल उर्जा तथा प्राकृतिक श्रोत विभाग संयोजकमा ईश्वरकुमार खत्री, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा जगन्नाथ राजवंशी, नीति तथा योजना विभाग संयोजकमा कुमारमणि पोखरेल, वित्तीय संस्था समन्वय विभाग संयोजकमा बलराम कार्की र निर्माण ब्यवसाय समन्वय विभागको संयोजकमा युवराज प्रसाई मनोनित हुनुभएको छ ।

यसैगरी सडक तथा यातायात विभागको संयोजकमा राजेन्द्र रिजाल मनोनित हुनुभएको छ । विभागका सदस्यहरुमा मनोज थापा, बालकुमार विष्ट, तुलसी खड्का, हेमराज दाहाल, यादवकुमार ओली, सञ्जिव प्रधान, टंक दवाडी, विश्वास कामत रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here