१ करोड बराबरको अस्पतालजन्य सामग्रीहरु बिर्तामोड र अर्जुनधारामा हस्तान्तरण

0
19

झापा, सभामुख देवराज घिमिरेको पहलमा करिव १ करोड बराबरको अस्पतालजन्य सामग्रीहरु बिर्तामोड र अर्जुनधारामा हस्तान्तरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाको बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजार बराबरको १३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री हस्तान्तरण गरिएको हो भने अर्जुनधारा नगरपालिकाको खुदुनावारी स्वास्थ्य चौकीलाई २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको छ । हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा प्राप्त ती सामग्रीहरु बुधवार बिर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य चौकी पुगेर सभामुख घिमिरेले हस्तान्तरण गरेका हुन् । बिर्तामोड नगर अस्पताललाई अस्पतालजन्य सामग्री हस्तान्तरण गर्दै सभामुख घिमिरेले उपचार गर्ने मुख्य केन्द्र नगर अस्पताललाई बनाउनु पर्ने बताए । उनले शिक्षण अस्पताल ,क्यान्सर अस्पताल र ठुला प्रतिस्पर्धी अस्पतालहरु रहेको ठाउँमा नगर अस्पताल लोकप्रिय बन्नु खुसीको कुरा भएको धारणा राखे ।

स्वास्थ सेवाको प्रचार सर्वसाधारणसमक्ष नपुगेकाले यसमा बिशेष ध्यान दिएर सर्वसाधारणसमक्ष पुर्याउनु आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नागरिकलाई सहजरुपमा स्वास्थ्य पहँुच पु¥याउन सबैले आ–आफ्नो तहबाट काम गरिरहेको बताएका थिए । हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा यस वर्ष झापामा १ करोड ७१ लाख बराबरको अस्पतालजन्य सामग्री हस्तान्तरण गर्न लागिएको हो । हिजो कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई ४० लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको थियो भने भोलि झापा गाउँपालिकास्थित कुमरखोद स्वास्थ्य चौकीलाई ३६ लाख बराबरको सामग्री प्रदान गर्ने कार्यक्रम रहेको वर्क फर नेपालका त्रिलोचन अधिकारीले बताए । हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापनमा विगत १५ वर्षदेखि नेपालका अस्पताल र स्वास्थ्य चौकीहरुलाई सहयोग गर्दै आएको छ । यसअघि प्रादेशिक अस्पताल भद्रपुर , कन्काई अस्पताल , अर्जुनधारा नगर अस्पताललगायतलाई अस्पतालजन्य सामग्री प्रदान गरेर सहयोग गरिएको अधिकारीले जानकारी दिए । यस वर्ष ५ करोडभन्दा बढीको सामग्री हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वितरण गर्न लागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here