कमल ।
झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको फाईनलमा प्रवेश गरेको छन् ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज सम्पन्न पहिलो सेमिफाईनलको खेलमा अर्जुनधारा नगरपालिकालाई शून्य का विरुद्ध ५ गोल गर्दै शिवसताक्षी नगरपालिका फाईनलमा प्रवेश गरेको हो ।
शिवसताक्षी नगरपालिकाका तर्फ बाट जर्सी नम्बर १२ का उमेश दनुवारले १ गोल, जर्सी नम्वर १४ का सचिन मल्लिकले १ गोल र जर्सी नम्बर ९ का श्रवण मल्लिकले ३ गोल गरेर आफ्नो टिमलाई विजयी दिलाउनु भएको हो ।
त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा कचनकवल गाउँपालिकालाई शुन्य का विरुद्ध २ गोल गर्दै कमल गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकाका तर्फ बाट जर्सि नम्वर ८ का सुवास दाहलले १ गोल र जर्सी नम्वर १२ ले सुरज आङ्गदेम्बेले १ गोल को मद्धतले आफ्नो टिमलाई विजयी गराउनु भएको हो ।
प्रतियोगिताको फाईन आगामी शनिरवार दिनको १ बजे कमल गाउँपालिका र कनकाई नगर पालिका बिच कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा फाईनल खेल हुने आयोजक संमितिका संयोजक सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।