पथरीशनिश्चरे।
सहकारी कर्मचारी संगठन पथरिशनिश्चरेको १६औं वार्षिक साधारणसभा पुरस्कार – सम्मान कार्यक्रम तथा वन कार्यक्रम सम्पन्न भएको छ।
बुधबार मोरङ्गको पथरी शनिश्चरे वडा नं १ ० स्थित सिरीजङ्गा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय सहकारी बैङ्क लि., कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता तथा सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेका अध्यक्ष गणेशकुमार राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त संगठनकी कोषाध्यक्ष इन्दिरा बुढाथोकीले आर्थिक वर्ष २०८१ को आर्थिक प्रतिवेदन तथा आव २०८१ /०८२ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन्। सोही क्रममा सो कर्मचारी संगठन पथरी शनिश्चरेको आगामी ३ वर्षे कार्यकालका लागि पुन: गणेश वाछना राई अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
उक्त अवसरमा पथरी शनिश्चरे नगर क्षेत्रमा सहकारी संस्थाका अध्यक्ष, कर्मचारी, सञ्चालक समितिका अध्यक्ष लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।