अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजनामा शुक्रबार असल अभिभावकको भूमिका सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा–८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय शनिश्चरे माध्यमिक विद्यालयका अभिभावकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
बालबालिकाको सर्वांगीण विकास अन्र्तगत अभिभावकको भूमिका संस्कार र असल व्यवहार निर्माणमा, बालबालिकाको शारीरीक, सामाजिक, मानसिक तथा संवेगात्मक विकासमा अभिभावकको भूमिका र बालबालिकाको शिक्षा गुणस्तरमा अभिभावकको भूमिकाका विषयमा सहजकर्ताहरु क्रमश नेपाल पत्रकार महासंघ झापाका सदस्य अमित खम्बू, अर्जुनधारा–१० स्थित प्रगति महिला कृषक समूहकी अध्यक्ष गान्धारी मिश्र र समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले सहजिकरण गरेको कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।

समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक– अभिभावक संघका अध्यक्ष मुक्तिनाथ भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतम, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, संघका सदस्यद्वय इन्द्र गहतराज र भूपाल परियारलगायतको आत्थ्यि रहेको थियो
समूहकी अध्यक्ष विश्वकर्माले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव पूर्णिमा सिटौलाले गरेकी थिइन् । स्थानीयस्तरमा रहेका महिलाहरुलाई लक्षित गरि सोही कार्यक्रम भोलि(शनिबार) समूहको कार्यालयमा आयोजना हुने बताइएको छ ।