अर्जुनधारा ।

गत माघ १२ देखि १५ गते सम्म सञ्चालन भएको नगरस्तरिय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१मा च्याम्पियन बन्न सफल अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयले शुक्रबार विजय ¥याली सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा २० वटा स्वर्ण, आठ वटा रजत र १३ वटा कास्य गरि जम्मा ४१ वटा पदकसहित विद्यालयलाई च्याम्पियन बनाउन सफल खेलाडीहरुको स्वागत र सम्मानमा उक्त विजय ¥यालीको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले जानकारी दिए ।
¥याली अघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सबै पदक जित्न सफल खेलाडीहरुलाई अविर र खदा लगाउँदै स्वागत गरिएको थियो ।
रनिङ शिल्ड हाम्रो सानः शनिश्चरे माविलाई प्रथम स्थान, शनिश्चरे माविः अर्जुनधारा च्याम्पियन, यो जित कसकोः विद्यालयकोलगायतका नारासहित प्रतियोगिताका सहभागी खेलाडीसँगै विद्यालय अन्र्तगत रहेको स्काउट, बाल क्लब, जुनीयर रेडक्रस, शिक्षक तथा विद्यार्थीहरुको ¥यालीमा सहभागिता रहेको थियो ।
विद्यालयको प्राङ्गणदेखि शुरु भएको ¥याली नारायण चोक–शनिश्चरे बजार–कप्तानबारी चोक–पुष्पलाल चोक–लक्ष्मीपुर चोक–सालबारी–खरबन्दी–कालिस्थान हुँदै पुनः विद्यालय प्राङ्गणमा आएर सम्पन्न भएको थियो ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई पूर्वघोषित नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजार यही माघ २५ गते हुने विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिने शिक्षक रुद्र खतिवडाले जानकारी दिए ।