आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलो पटक डीएम मधुमेह, थाइराइड र हर्मोन बिशेषज्ञ सेवा शुरु

0
37

बिर्तामोड । करिव एक बर्ष अघि झापाको बिर्तामोड–४ स्थित भद्रपुररोडमा सञ्चालनमा आएको आरआर पोलिक्लिनिकमा कोशी प्रदेशमै पहिलो पटक डीएम मधुमेह, थाइराइड र हर्मोन बिशेषज्ञ सेवा शुरु भएको छ ।

आरआरमा भारतको पिजीआई चण्डीगढ र एम्स अस्पताल दिल्लीबाट मधुमेह, थाइराइड र हर्मोन रोगमा बिद्यावारिधि गरे आएका बिशेषज्ञ डा. प्रसिद्ध ढकालको दैनिक सेवा गरेका छन् ।

पोलिक्लिनिकमा डा. ढकालले गत माघ ६ गतेबाट सेवा दिन शुरु गरेको आज (शुक्रवार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोलिक्लिनिकले कोशी प्रदेश एकमात्र मधुमेह अर्थात सुगर, थाइराइड र हर्मोन सम्बन्धी जुनसुकै रोगको बिशेषज्ञद्धारा उपचार शुरु गरेको जनाएको छ ।

एमडी इन्डोक्रोनोलोजी तथा डाइबेटिज डाक्टरको आगमनसँगै अव इन्सुलिन लगाउने, सुगर नियन्त्रणमा नरहने, मधुमेह र गर्भावस्थाको मधुमेह भएका रोगीहरुले राम्रो उपचार पाउने पोलिक्लिनिकका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । उनका अनुसार पोलिक्लिनिकमा यस बाहेक मधुमेहको अत्याधुनिक उपचारसँगै सीजीएमएस र इन्सुलिन पम्पको सेवा लिन भारत जानु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । यस्तै रेडयोएक्टिभ आयोडिन थेरापी गर्न चाहने ब्यक्तिले पनि परामर्श लिन सक्नेछन् ।

पोलिक्लिनिकमा यी बाहेक बच्चाहरूको उचाई नबढ्ने, किशोर अवस्था पुगिसक्दा पनि केटाहरूमा दारीजुँगा नआउने र केटीहरूमा महिनावारी सुरु नहुने, कम उमेर मै महिनावारी सुरु हुने, बच्चा जन्मिदा छोरा हो कि छोरी हो यकिन गर्न नसकिने, तेस्रो लिङ्गी, सम्बन्धी स्वास्थ्य उपचार, कम उमेरमै रक्तचाप बढ्ने, दुई तीनवटा दबाई खाँदा पनि ब्लड प्रेसर कन्ट्रोलमा नहुने, सोडियम÷पोटासियम घटबढ हुने, मोटोपना, महिलामा अनुहारमा धेरै रौं आउने, पिसीओडी, पुरुषमा स्तन बढ्ने, यौन चाहनामा कमी वा यौन दुर्बल्ता, मिर्गौलामा बारम्बार पत्थरी हुने, हड्डी बारम्बार भाच्चिने, रजोनिवृत्तिसँग सम्बन्धित समस्या जस्तै जिउ तात्ने,े चिट्चिट पसिना आउने, एन्डोक्राइन ग्रन्थीका (थाइरोइड, पाराथाइरोइड, प्यान्क्रियाज, एड्रेनल र पिठ्यूटरी ग्रन्थी) ट्युमर भएका व्यक्तिहरूको पनि उपचार हुने अध्यक्ष राईले बताए । वशेषज्ञ डाक्टरको आगमनसँगै क्लिनिकले हर्मोन जाँच सम्बन्धी अत्याधुनिक मसिन पनि भित्र्याएको छ । अब हर्मोन सम्बन्धी अधिकतर जाँचहरू क्लिनिकमै सम्भव भएको छ र नहुने केही मात्र हर्मोनका जाँचहरु काठमाडौँ वा भारतका विशिष्ट ल्याबहरुमा पठाउने व्यवस्था क्लिनिकले मिलाएको बताइएको छ । त्यसैगरी डायबेटिज एजुकेसनको सुविधा पनि दैनिक रुपमा उपलब्ध हुनेछ । जसमा बिमारीहरूलाई इन्सुलिन लगाउने र घरमा सुगर जाँच्ने विधि, कम सुगरको व्यवस्थापन, खानपान र व्यायाम सम्बन्धी सुझावहरू दैनिक रुपमा दिइने बताइएको छ । पत्रकार सम्मेलनमा डा. प्रसिद्ध ढकाल, मानसिक रोग बिशेषज्ञ डा. बविता शर्मा, छाला रोग बिशेषज्ञ डा. रोहित पञ्जीयारलगायतले आ–आफ्नो भनाई राखेका थिए भने अध्यक्ष राईले पोलिक्लिनिकमा उपलब्ध सेवा र उपकारणका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here