एम.एड. तहको पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिवसीय कार्यशाला

0
7

कमल ।

आफूले अध्यापन गराउने विषयको बजार आफै अध्ययन गरेर बजार कस्तो विषय बिक्छ सोही अनुसारको पाठ्यक्रम शिक्षक आफैले निर्माण गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताउनु भएको छ ।

झापाको कमल गाउँपालिका ३ केर्खा स्थित मदन आश्रित स्मृति बहुमुखी क्याम्पसको सभाहलमा आयोजित पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन र शिक्षा शास्त्र सङ्काय डीनको कार्यालयको आयोजनामा एम. एड. तहको पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिवसिय कार्याशालाका सहगाभीहरले यस्तो बताउनु भएको हो ।

आफुले अध्यापन गराउने विषयको बजार आफै अध्ययन गरेर सोही अनुसारको पाठ्यक्रम शिक्षक आफैले निर्माण गर्नु पर्छ । समय धेरै अगाडि बढी सकेकोले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै अबको पाठ्यक्रम विश्व बजार सुहाउँदो र सिप युक्त हुनु पर्ने पूर्वाञ्चल विश्वविद्यालयका कला, कानुन र शिक्षा शास्त्र संकायका डीन प्राध्यापक डाक्टर अनिल कुमार पोखरेलले बताउनु भयो ।

कार्यक्रममा सहभागी जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरका डाइरेक्टर महेश प्रसाद निरौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अबको पाठ्यक्र निर्माण गर्दा शिक्षक आफैले अपनत्व लिने गरि को हुनुपर्नेमा जोडिनु दिनुभयो ।

आफूले पठाउदै गरेको पाठ्यक्रममा कमजोरी के छन् ? विद्यार्थीलाई समस्या परेको क्षेत्र के छ ? कस्ता विषय समावेश गरेर पाठ्यक्रम निर्माण गर्दा आफूलाई पठाउन सहज हुन्छ र त्यो जनशक्ति समेत बजार सजिलै सँग बिक्छ यस विषयमा जानकारी लिने र सोही अनुसारको पाठ्यक्रम निर्माण गर्नु पर्ने स्वयम् शिक्षककै जिम्बेवारी भएको शिक्षा शास्त्र सङ्काय अन्तर्गत विषय समितिका संयोजक डाक्टर टोलनाथ काफ्ले बताउनुहुन्छ ।

त्यस्तै मदन आश्रित स्मृति बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भीम प्रसाद राईले वर्तमानको आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभयो । बितेका वर्षहरूमा पाठ्यक्रम निर्माण गर्दा समय सापेक्षित नभएको र विद्यार्थीले समेत पाठ्यक्रम अनुसारको पुस्तक नपाएर धेरै दुख पाएको बताउँदै आगामी दिनमा समय र विद्यार्थीको चाहना अनुसार पाठ्यक्रम निर्माण गर्न विज्ञलाई सुझाव दिनुभएको थियो ।

कार्यशाला गोष्टिमा एम एड तहको नयाँ पाठ्यक्रम निर्माणका लागि कार्यविभाजन सहित जिम्मेवारी प्रदान गरी व्यापक छलफल गरेर विज्ञहरूको सुझाव समेत लिने कार्य समेत भएको थियो । त्यस्तै कार्यक्रममा विषय विज्ञ हरु बाट एम.एड. तहको पाठ्यक्रम निर्माण सम्बन्धी प्रस्तुतिकरण, टिप्पणी र समीक्षा गर्ने कार्य समेत भएको थियो । कार्याशालामा कोशी ,मधेश र लुम्बिनी प्रदेश बाट सम्बन्धित विषय विज्ञ तथा क्याम्पस प्रमुख, क्याम्पस व्यवस्थापन समितिका पुर्व अध्यक्ष , जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मदन आश्रित स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सीताराम भट्टराईले एम.एड. तहको पाठ्यक्रम निर्माण जस्तो महत्वपुर्ण विषय माथिको कार्यशाला आफ्नै क्याम्पसमा भएकोले आयोजक तथा उपस्थित सबैलाई धन्यवादका साथै शुभकामना दिनुभएको गियो । भीम तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here