आठराई बिर्तामोड सम्पर्क समितिमा ओमकृष्ण

0
149

बिर्तामोड ।

आठराई बिर्तामोड सम्पर्क समितिको अध्यक्षमा उद्योगी तथा व्यवसायी ओमकृष्ण विमली चयन भएका छन् ।

शनिवार कनकाई भुरुङ्गामा भएको छ सय जनाभन्दा बढीको भेलाले विमलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा राधादेवी सङ्बोहाङ्सो, टीका संग्रौला र रुद्र सिटौला, सचिवमा लक्ष्मीप्रसाद बास्कोटा, उपसचिवमा सावित्रा इङ्नाम, कोषाध्यक्षमा निरज ओली चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सूर्य कन्दङ्वा, शंकरराज ढुंगेल, नवीन सिटौला, प्रकाश शिवाकोटी, देवीप्रसाद संग्रौला, मनबहादुर पाहिम, उमानाथ ओली, अञ्जना प्रसाईं र छवि गहतराज विक चयन भएका छन् ।

त्यस्तै टंक उप्रेतीको संयोजकत्वमा हरिचरण शिवाकोटी, युवराज पाण्डे, टंकप्रसाद सेढाई र मोहनप्रसाद ओली सदस्य रहेको विधान मस्यौदा समिति गठन भएको छ । आठराईबाट बिर्तामोडमा आई बसोबास गर्नेहरुको भेलाले उक्त समिति चयन गरेको हो ।

विमलीको अध्यक्षतामा भएको भेला देवीप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा लोकबन्धु कन्दङ्वा, नगेन्द्र संग्रौला, शान्तादेवी रोका, भक्तिप्रसाद सिटौला लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here