फोनिज झापाको सातौं अधिवेशन

0
12

–डीकमान विरही स्मृति पत्रकारिता पुरस्कार सुब्बालाई
–रविकिरण र सजनलाई उदीयमान पुरस्कार
– फोनिज रजत बर्ष स्मारिका विमोचन

झापा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

फोनिजले शनिवार झापाको बिर्तामोडमा सातौं जिल्ला अधिवेशन, सम्मान तथा पुरस्कार वितरण एवम् स्मारिका विमोचन
कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । फोनिजले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

स्व. डिकमान बिरहीका बारेमा फोनिजका पूर्वअध्यक्ष रमेश समदर्शी राईले प्रकाश पारेका थिए । पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदस्यीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको
थियो । उक्त पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।

त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार रविकिरण बान्तवा राई र सजन राईलाई प्रदान गरिएको छ । उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही ५ हजार रूपैयाँ रहेको छ । फोनिज झापा अध्यक्ष भूमिका सुब्बा
फियाकको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको
थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका सल्लाहकार जलकुमार गुरुब, समाजवादी
प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, प्रेस युनियन झापा अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष तीर्थ तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फोनिज झापाले प्रकाशन गरेको रजत बर्ष स्मारिका समेत उक्त अवसरमा विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन फोनिज झापाका सचिव तिलक योञ्जनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here