फोनिज झापाको अध्यक्षमा अर्जुन

0
34

बिर्तामोड ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ झापाका सहसचिव भइसकेका राजवंशी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । फोनिजको उपाध्यक्षमा तिलक योञ्जन तामाब, सचिवमा सन्तोष वेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुब चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णु कुल श्रेष्ठ, मिना नेम्वाब, जिके शर्मा, सुमन वेघा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुब, दिलकुमार लावती र सुशन राईलाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here