माईमा आदिवासी जनजाति सास्कृतिक महोत्सव शुरु

0
214

विमल दहाल, माई ।

नेपाल आदिबासी जनजाती महासंघ माई नगर परिषद इलामको आयोजनामा प्रथम आदिवासी जनजाति सास्कृतिक महोत्सव शुरु भएको छ ।

माई नगरपालिका इलामको सहयोगमा शुरु भएको साँस्कृतिक महोत्सवमस विभिन्न जातिय झाँकी सहित जातिय पहिचान प्रस्तुति गरिने छ।

माई नगरपालिका वडा नं-२ को गरुवा खोला पुल दक्षिण मादले खेतमा शुरु भएको १० दिने जनजाति सास्कृतिक महोत्सवमा लिम्बु, राई, मगर, तामाङ, नेवार, कुमाल, सुनुवार, दनुवार, माझी, मुन्डा उराउ, शेर्पा लगायत जातिको संस्कृतिक परिकार र पहिचान झल्कने स्टल राखिएको छ।

जातिय परिकारको स्टल सहित आआफ्नो पहिचान प्रस्तुती रहने गरि प्रदशनी समेत गरिने अध्यक्ष सेतु तामाङले जानकारी दिनुभयो। महोत्सबमा अन्य थप मनोरन्जनका स्टलहरु समेत रहने छन।

नेपाल आदिबासी जनजाति महासंघ माई नगर परिषद अध्यक्ष सेतु तामाङ्गको अध्यक्षता र जिल्ला अध्यक्ष अभिषेक एक्तेनको प्रमुख आथित्यतामा उद्घाटन भएको महोत्सव शुक्रवारे लखन चौकबाट जातिय झाँकी सहितको र्याली महोत्सव स्थल सम्म लगिएको थियो।

महोत्सब उद्घाटनको अबसरमा प्रमुख अतिथि एक्तेन, बिशिष्ट अतिथि माई-२का वडा अध्यक्ष उर्द वहादुर राई, माई- ३ का वडा अध्यक्ष देव कुमार तामाङ, किरात याक्थुङ चुम्लुङका एन्जेश एक्तेन, किरात राई यायोक्खाका राम राई, नेपाल मगर संघका, ज्ञान वहादुर मगर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

आयोजक संस्थाका उपाध्यक्ष दिपक राईले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमको सञ्चालन किरात राई यायोक्खाका सुवर्ण राईले गर्नु भएको थियो। महोत्सब माघ-२८ सम्म सञ्चालन रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here