पथरी शनिश्चरे।
मोरङको कानेपोखरी –७ स्थित ऐतिहासिक कानेपोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
शनिबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा कानेपोखरी ७ बस्ने लगभग ३५ वर्षीय कुलबहादुर गिरीको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा पानीमा डुबे पछि वनभोज खानेहरुले नगरप्रहरीलाई खबर गरेका थिए ।
नगरप्रहरीले आधा घण्टा सम्म खोजतलास गर्दा नभेटे पछि सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनीको उद्धार टोली(गोताखोर)ले पोखरीबाट शव निकालेका थिए ।
उद्धार टोलीले पोखरीको पानी भित्रबाट निकालेको हो ।