अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा अपाङ्गता स्वावलम्वन समाजको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
स्थानीय दुग्धेश्वर शिवालयको सभाहलमा समाजका अध्यक्ष केवल बाँनियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बाँनियाले गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा समाजका ७० जना सदस्यलाई ब्लायङ्केट वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रञ्जना कार्की, समाजका पूर्व सल्लाहकार पदमबहादुर मगर, पत्रकार अमित खम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य दीपेन्द्र काफ्लेले गरेका थिए ।