अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजनामा शनिबार असल अभिभावकको भूमिका सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीयस्तरमा रहेका महिलाहरुलाई लक्षित गरि उनीहरुलाई असल अभिभावक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।
समूहको कार्यालय सभाहलमा सहजकर्ताहरु नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू, प्रगति महिला कृषक समूहकी अध्यक्ष गान्धारी मिश्र र समूहकी अध्यक्ष विश्वकर्माले सहजिकरण गरेकोे कार्यक्रममा ४० जनाको सहभागिता रहेको समूहकी सहसचिव निर्मला राईले जानकारी दिइन् ।
समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुमध्ये कमला दाहालले आफ्नो अनुभव प्रस्तुत गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन सहसचिव राईले गरेकी थिइन् ।