कमल ।
झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको उपाधि शिवसताक्षी नगरपालिकाले चुमेको छ ।
आज भएको फाईनल खेलमा कमल गाउँपालिकालाई ३ का विरुद्ध शुन्य गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिकाले फाईनल जितेको हो ।
फाईनल जित संगै शिवसताक्षीले नगद एक लाख रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको कमल गाउँपालिकाले नगद ५० हजार रुपैयाका साथ ट्रफि, मेडल र प्रमाण प्राप्त गरेको हो ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको पहिलो हाफमा शिवसताक्षी नगरपालिकाका तर्फ बाट जर्सी नम्वर १४ का सचिन श्रेष्ठले गरेको गोलले आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोश्रो हाफमा शिवसताक्षी कै जर्सि नम्वर १२ का उमेश दनुवारले थप एक गोल गरेर आफ्नो टिको जित सुनिष्चित गर्नु भएको थियो भने खेल सकिनै लाग्दा कमल गाउँपालिकाका जर्सि नम्वर ४ का बिदुर लिम्बुले गरेको आत्माघाती गोल संगै शिवताक्षी नगरपालिका ३ शुन्य गोल अन्तरले विजेता बनेको हो ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर शिवसताक्षीका जर्सि नम्वर १ गणेश आचार्य, वेष्ट डिफेण्डर कमलका जर्सि नम्बर ४ का विदुर लिम्बु, वेष्ट मिड फिल्डर कमलका जर्सी नम्वर १२ सुरज आङदेम्बे हाई स्कोरर शिवसताक्षीका जर्सी नम्वर १४ का सचिन श्रेष्ठ (८ गोल) प्रतियोगिताको उत्कृष्ट खेलाडी शिवसताक्षीका जर्सी नम्वर ९ का श्रवण मल्लिक , म्यान अफ द म्याच शिवसताक्षकिा जर्सी नं १२ का उमेश दनुवार भएका थिए । उनीहरले र नगद सहित ट्रफि, मेडल र प्रमाण प्राप्त प्राप्त गरेका छन् ।
त्यसैगरी गौरिगञ्ज गाउँपालिकाले फेयर प्ले टिमको प्रमाण पत्र प्राप्त गरेको छ ।