बिर्तामोडलाई बर्खा स्मृति अन्तरपालिका टी– २० क्रिकेटको उपाधि

0
26

बुद्धशान्ति ।

भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ ।

उपाधी उचाले सगै बिर्तामोडले नगद एक लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए ।

टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरका सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, बिशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् ।

साथै यस अघि भएको बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगितामा भारत महिला क्रिकेकेट टिम बिजयी भएको गोकुल पौडेलले जानकारी दिए । समय अभावमा १२ ओभरमा खेलाईएको खेलमा नेपाल महिला टिमले सामान्य ५२ रन बनाएको थियो । अप्सरी बेगमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् ।

त्यस्तै ५३ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको भारतको टिमले १०।२ ओभरमा लक्ष्य प्राप्त गर्यो । भारतको लागि हेप्पी सरकारले २३ रनको योगदान दिए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोडन सकेनन् । पहिलो खेल नेपालले जितेको थियो भने आज भारतले जितेको हो । साथै रन रेटको आधारमा भारत बिजेता बन्दै सम्मानित भएको आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here