सामाजिक रूपान्तरण सामन्तवादी शोषणको अन्त्य गर्न रोल्पाबाट २०५२ साल फागुन १ गतेबाट सशस्त्र शुरु भयो । जनयुद्धले देशमा सामाजिक आर्थिक र मानवीय क्षेत्रमा गहिरो प्रभाव परेको देखिन्छ । उत्पीडित वर्ग समुदाय जातीय तथा अन्तर्राष्ट्रिय देशको स्वतन्त्रताको निम्ति विदेशी हस्तक्षेप नियन्त्रणको निमित्त १० वर्ष सशस्त्र युद्धले गहिरो प्रभाव परेको देखिन्छ ।
झन्डै १७ हजार मानिसहरूको बलिदानीपूर्ण हजारौं मानिस अपहरण र बेपत्ता पारिए लाखौं मानिस विस्थापित भए विभिन्न समयमा सामाजिक विभाजन देखे खेपे शिक्षा र स्वास्थ्यमा ठूलो मूल्य चुकाएर गणतान्त्रिक समाजवादका निमित्त नेपाली जनताले १० वर्ष सशस्त्र युद्धको मूल्य चुकाए त्यसको मुख्य उद्देश्य राजतन्त्रको अन्त्य गरी गणतान्त्रिक समाजवाद स्थापना गर्नु थियो । ज्ञानेन्द्रको निरंकुश शासनको आलोचना गर्दै जनताको अधिकार र प्रतिनिधित्वको माग गरिएको थियो ।
जनआन्दोलन ०६२/०६३ दोस्रो जनआन्दोलले देशमा राजतन्त्रको अन्त्य गरी नेपाल र माओवादी सरकारबीच विस्तृत शान्ति सम्झौता भयो । माओवादीले हतियार त्यागेर शान्ति प्रक्रियामा प्रवेश गरे । संविधानसभा निर्वाचन २०६४ पश्चात् नेपाललाई औपचारिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । लोकतान्त्रिक गणतन्त्र घोषणा गरे लगत्तै माओवादी केन्द्र विभाजित हुन पुग्यो ।
एकथरी जनमानिसले क्रान्ति अझै पूरा भएको छैन भन्ने विश्लेषण गरे । र, फरक धार विचार र दृष्टिकोण निहालेर क्रान्तिको मार्ग कार्यदिशा निर्माण गर्दै अघि बढे भने माओवादी केन्द्र संसदीय व्यवस्थाकै गोलचक्करमा गणतन्त्रबाटै देशलाई समाजवादतर्फ लान सकिन्छ भन्ने तर्क विश्लेषण आफ्नो दर्शन अगाडि बढाउँदै जनतासामु गयो । नभन्दै जनताले पूर्ण साथ दिए माओवादी केन्द्रले जनताको विश्वास पटक–पटक प्राप्त ग¥यो, तर पनि देशमा कम्युनिस्टहरूको समाजवाद प्राप्त भएन करिब आज २०८१ सालसम्म आइपुग्दाखेरि नेपालमा १९ कम्युनिस्ट पार्टीहरू टुटफुट र विभाजन मा समाहित भएर आफ्नो राजनीतिक कार्यदिशामा अग्रसर छन् ।
कोही संसदवादी भएर संसदीय व्यवस्थामा गए त कोही क्रान्ति अझै बाँकी छ भन्ने हेतुले सङ्घर्ष गरिरहेका छन्, अब यहाँ कुरा आउँछ । जनयुद्धले अकुत मूल्य चुकायो देशका हजारौं देशभक्त नागरिकले समाजवादका निमित्त आफ्नो शरीर आहुती दिए आफूलाई सहादत गरे ती सहितका सपना पूरा कसले गर्ने भन्ने बहस आज हरेक पार्टी हरेक मोर्चा हरेक संगठन र जनताका प्रतिनिधिहरुले गर्ने गर्दछन् ।
कम्युनिस्टहरूको कारण विभिन्न छन् । नेपालमा नेपालको नेपाली विशेषताको समाजवादी आन्दोलन निर्माण गर्ने क्रममा माटोलाई सुहाउँदो नेपाली विशेषताको समाजवाद ल्याउने सन्दर्भमा कम्युनिस्टहरूको ध्यान त्यति धेरै गएको देखिँदैन नेपालमा लगभग ८५% कम्युनिस्ट जनमत छ । तर, कम्युनिस्ट पार्टीका लिडरहरू आपसी मतभेद विचार दर्शन र कार्यदिशा आफ्नो आफ्नै भएका कारण एकता सम्भव देखिँदैन । नेपालको सन्दर्भमा अब पनि कम्युनिस्टहरू एकताबद्ध नहुने भने विदेशी हस्तक्षेप साम्राज्यवादी रणनीति र बहुधु्रवीय विश्वको भूरान्तिक अस्थिरताले नेपाली कम्युनिस्ट जनमत घट्ने क्रममा छ ।
आजको ठोस परिस्थिति र समयमा विश्लेषण सहितको नयाँ कम्युनिस्ट नेपाली विशेषताको मेनिफेस्टो तयार गर्न आवश्यक छ । त्यो दीर्घकालीन हुन आवश्यक छ । त्यो सन्तुलित हुन आवश्यक छ । त्यसले देश जनता र समाजप्रति उत्तरदायी बनाएर देशलाई एकताबद्ध गर्न आवश्यक छ । जनतालाई थाहा छ त्यो कम्युनिस्टहरूले मात्र गर्न सक्छन्, त्यसैले जनतामा ठूलो आशा भरोसा रहेको छ ।