बिर्तामोड ।
झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक शिशुको उपचारमा ५० प्रतिशत छुट दिएको छ ।
आर्थिक अवस्था कमजोर रहेको पाइएपछि उक्त परिवारलाई छुट दिएको बिर्तामोड चिल्ड्रेन अस्पतालकी अध्यक्ष लीला मैनालीले बताइन् । उनले भनिन्– ‘पारिवारिक अवस्था अत्यन्त नाजुक रहेछ, हाम्रो मुख्य दायित्व शिशुको ज्यान जोगाउनु हो, त्यसलाई नै दृष्टिगत गरेर ५० प्रतिशत छुट दिएका हौं ।’
बिर्तामोड–१० का अम्बिका नेपाली र दिलकुमारी नेपालीका एक महिने शिशु (छोरा) अदित अस्वस्थ भएपछि उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालहरुमा उपचार सम्भव नभएको भन्दै घर पठाइए पछि बिर्तामोड चिल्ड्रेन अस्पतालले उक्त बच्चाको सफल उपचार गरेको छ ।
गत माघ ६ गते अस्पताल भर्ना भएका शिशुको आइसीयुमा राखेर उपचार गरिएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डाक्टर रुपक आचार्यले जानकारी दिए । बच्चालाई निमोनिया तथा शरीरमा ढुसी पलाएकाले अवस्था जटिल भएको र चिकित्सकको निगरानीमा उनको सफल उपचार भएको डा. आचार्यको भनाइ छ ।
शिशुको उपचारमा अस्पतालले भरपुर सहयोग गरेको अस्पतालकी सिईओ डा. सुजता मैनालीको भनाइ छ । उनले भनिन्– ‘बिर्तामोड चिल्ड्रेन अस्पतालमा आएका शिशु तथा बालबालिकाको विशेषज्ञः सेवाका साथ हामी उपचार गर्छौं ।’ बिर्तामोड चिल्डे«न अस्पतालमा जन्मेदेखिका १८ वर्षसम्मका बालबालिकाको उपचार हुने गरेको जनाइएको छ ।
पारिवारिक अवस्था अत्यन्त नाजुक रहेका अम्बिकाले टेम्पो चलाउँदै आएको बताइएको छ । श्रीमती दिलकुमारी समेत अपाङ्ग रहेकाले उनीहरुको शिशुको उपचारमा अस्पतालले ठूलो सहयोग गरेको नेपाली कांग्रेस झापाका सचिव एवम् बिर्तामोड–१० का समाजसेवी नवीन विमलीले बताए । उनले नेपालीको परिवारमा खुशीको सञ्चार भर्न बिर्तामोड चिल्डे«न अस्पतालले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिए ।
नेपालीको परिवार आर्थिक रुपमा विपन्न रहेको र स्थानीयको सहयोगमा शिशुको उपचार गराइएको तथा अस्पतालले समेत आधा रकम छुट दिएकाले उक्त परिवारलाई राहत मिलेको बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको भनाइ छ । उनले अस्पतालमा अन्तिम अवस्थामा ल्याइएका शिशुलाई सफल उपचार गरेको भन्दै बिर्तामोड चिल्ड्रेन अस्पताललाई धन्यवाद दिए ।
उनले आफू जनप्रतिनिधि भएको र आर्थिक अवस्थामा सबल व्यक्तिको छुटका निम्ति नभइ विपन्न परिवारलाई छुटका लागि अनुरोध गर्न आउँदा अस्पताल परिवारले आधा रकम छुट गरेर ठूलो गुन लगाएको बताए । आफ्ना सन्तानको उपचारमा छुट दिएर अस्पताल परिवारले ठूलो गुन लगाएको शिुका बाबु अम्बिकाको भनाइ छ । बिर्तामोड चिल्ड्रेन अस्पतालले हाल सम्म ६० लााखभन्दा बढी छुट दिइसकेको जनाइएको छ ।