बन्दकर्ताले रुख ढालेर सडक अबरुद्ध गरेपछि अलपत्र परेकी महिलालाई अस्पताल पुर्याईयो

0
31

योगेन्द्र योगी
बिराटनगर,

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेको समूहले पाँचथरमा रुख ढालेर सडक अवरुद्ध गर्दा सुत्केरी व्यथा लागेर एम्बुलेन्समा अस्पताल गइरहेकी एक महिला बिचल्लीमा परेको खबर आएपछि उनलाई उद्धार गरेर प्रहरीले अस्पताल पठाएको छ।

सडक अवरोधका कारण पाँचथरको हिलिहाङ–२ को सिंहपुरदेखि सदरमुकाम फिदिम लाँदै गरेकी बिरामी १८ वर्षीय कल्पना जोगीलाई बन्दकर्ताले रुख ढालेर सडक अबरुद्ध गरेको भन्ने जानकारी पाउन साथ रुख हटाएर अस्पताल पठाईएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कौशल कुमार बुढाथोकीले जानकारी दिए।

डीएसपी बुढाथोकीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लैजाने क्रममा बन्दकर्ताले सडक अबरुद्ध गरेको,त्यो सडक नखुलाउदासम्म बिरामीलाई नजिकैको स्वास्थ्य चौकीमा उपचार गराईएको र सडक सुचारु हुन् साथ जिल्ला अस्पताल पठाईएको र अहिले उपचार भइरहेको बताए।

एम्बुलेन्स चालक नुपु शेर्पाले सामाजिक सञ्जालमार्फत् चारवटा रुख ढालेर सडक अवरुद्व गरिएकाले सोमबार मध्यराति २ बजे सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको जानकारी दिएका थिए । चालक शेर्पाले राखेको भिडियोमा सुत्केरी व्यथा लागेकी महिला चिच्याइरहेको सुन्न सकिन्छ ।

माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्दै आएको ‘नो केबलकार समूह’ले आजदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको आह्वान गरेको । ९ जिल्ला यातायात बन्द यथावत रहेको, राज्य पक्षद्वारा वार्ता सम्मको पहल भएकोले आम हडताल नगरिने र आज पनि वार्ता हुने पुन: नामाङकन प्रदेश १ का अध्यक्ष डेकेन्द्र सिंह थेगिमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here