झापामा प्रहरीले गोली प्रहार गरी भारतीय लागूऔषध कारोबारी पक्राउ गर्यो

0
64

झापा ।

झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् ।

झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

प्रहरीले पाँच राउन्ड गोली चलाएको हो । कनकाई दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए । त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो ।

तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एक जनाको खुट्टामा दुई गोली लागेको छ । दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन् । एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कनकाई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here