रुख ढालेर बाटो अवरोध गरेका छैनौँ– मुक्कुमलुङ संघर्ष समिति

0
13

काठमाडौँ,

मुक्कुमलुङ संघर्ष सहयोग समितिले हिजो राति हिलिहाङ गाउँपालिकास्थित पामावरक (जोरपोखरी) नजिक रुख ढालेर बाटो अवरोध नगरेको जनाएको छ।

समितिले आज (मंगलवार) विज्ञप्ति जारी गर्दै सरकारले आफैँ सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्न खोजेको जनाएको छ। केबलकार निर्माण गर्न नहुने पक्षहरुले हिजो रुख ढालेर बाटो अवरोध गर्दा सुत्केरीको बिचल्ली भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो तर समितिले भने त्यस्तो काम नगरेकाे जनाएको छ।

‘मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ क्षेत्रमा केबलकार निर्माण खारेज गर्न आन्दोलन हुँदै आएकोमा माघ १२ गते साँझ फुङलिङ-११ बलुडाँडामा राज्यद्वारा सुनियोजित ढंगले घटना घटाइएको विरुद्ध अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन गर्न वाध्य भएको कुरा सबैमा जगजाहेर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा हिजो राति हिलिहाङ गाउँपालिकास्थित पामावरक (जोरपोखरी) नजिक रुख ढाली बाटो अवरोध गरिएको भन्ने सामाजिक संजालमार्फत थाहा हुनआएकोले यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, निहत्था जनतामाथि निर्मम दमनमा उत्रेको सरकारले आफैँ सुनियोजित ढंगले यस्ता हर्कतहरु गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने हाम्रो ठम्याई रहेको छ।’

समितिले यी सबै परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने जिकिर गरेको छ। ‘त्यसैले, शान्तिपूर्ण आन्दोलनमा यस किसिमको कार्यक्रम नरहेको र अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको सबै सम्बद्ध पक्ष र आम नागरिकमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद अझै कायमै छ। आन्दोलनरत पक्षले कुनै पनि हालतमा केबलकार निर्माण नहुनुपर्ने अडान लिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here