आफैले बोकेको काठको गोलियाले किचेपछि…

0
5

धनकुटा।

धनकुटामा आफैले बोकेको काठको गोलियाले किचेर एक व्यक्तिको मृत्यु भएको छ ।

धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here