बिराटनगर,
माेरङकाे सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौं हिउँदे नगरसभाले ५ वटा विधेयक पारित गरेको छ । नगरपालिकाकाे सभाहलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेकाे पन्ध्रौँ नगर सभाले ५ वटा विधेयक पारित गरेको हाे । विधेयक सभाको रूपमा रहेको हिउँदे सभामा नगरपालिकाले विधेयकहरू पारित गरेको छ ।
जसमा विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१, आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ , न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक, २०८१ र सहकारी ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ रहेको छ ।
उक्त नगर सभामा सरकारी विधेयक र अर्थ विधेयकको रूपमा रहेको विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८१ र आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक २०८१ उप-प्रमुख अकली चौधरीले टेबल गरेकी थिईन्।
यसैगरी अन्य विधेयकहरू विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले टेबल गरेका थिए । प्रस्तुत विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् । विधेयक पारित भएपछि नगर प्रमुख गुरागाईंले नगरपालिकाको प्रभावकारी प्रशासन, सुशासन, र स्थानीय विकासमा यी विधेयकहरूले महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
यी सबै विधेयकहरू नगर प्रमुखद्वारा प्रमाणीकरण भई नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ