लर्डबुद्ध साकोसद्वारा छैटौँ अन्तरविद्यालय स्तरीय वक्तृत्त्व कला

0
37

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले छैटौँ अन्तर्विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ। मङ्गलबार उक्त साकोसले पथरी शनिश्चरे नगर क्षेत्र भित्रका विभिन्न विद्यालयहरुको सहभागितामा उक्त प्रतियोगिता आयोजना गरेको हो।

होटल पाल्पामा आयोजित सो प्रतियोगितामा पथरी शनिश्चरे वडा नम्बर ९ को सिंहवाहिनी माविकी छात्रा सरु आचार्य, वडा नं १ को पञ्चायत माध्यमिक विद्यालयका छात्र सौभाग्य मिश्र र वडा नम्बर १ कै न्यू पेगोडा इङ्लिस स्कूलका छात्र सरमन ढुंगेल क्रमश: प्रथम, दृतिय र तृतीय स्थान हासिल गर्न सफल भए भने वडा नं ०७ को चन्द्रकिराँतेश्वर माविकी छात्रा खुशी आङ्गदेम्वे र वडा नम्बर २ मा रहेको रेडस्टार माविका छात्र आराध्य खड्का सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड मोरङका कोषाध्यक्ष डि.बी. थापा र टंक अधिकारी निर्णायक रहनुभएको थियो। लर्डबुद्ध साकोसका अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन सचिव महेन्द्र ढुङ्गानाले गर्नुभएको व्यवस्थापक गणेश कुमार वाछाना राईले जानकारी दिनुभयो।

प्रतियोगिताका विजयी छात्र-छात्राहरूलाई आगामी २५ गते लर्डबुद्ध साकोसको २३ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिने एक भव्य कार्यक्रमका बिच नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष धनराज राई अमिरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरूलाई क्रमश: ३५ सय , २५ सय , १५ सय तथा ५ सय सहित प्रमाणपत्र प्रदान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here