बिर्तामोडको एक होलटमा युवतीसँग बसे युवकको मृत्यु

0
189

झापा ।

झापाको बिर्तामोडस्थित एभरेस्ट होटल एन्ड लजमा युवतीसँग बसेका हल्दिवारीका एक युवक मृत फेला परेका छन् ।

सुनसरीको धरान उप–महानगरपालिका–१५ घर भई हाल कनकाई नगरपालिका–७ दुर्गापुरमा बस्दै आएकी अन्दाजी २३ वर्षीया मुना विकसँग होटलमा बसेका हल्दिवारी गाउँपालिका–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार राति खाना खाई सुतेका बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुईँमा लडी बेहोस भएका थिए । उनकी साथी मुना र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति ११ बजे मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले होटल सञ्चालक बिर्तामोड–५ का अन्दाजी ४८ की यामकुमारी उप्रेती र युवती मुनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here