एनएमसीको सदस्य शिक्षा कार्यक्रम

0
39

बिर्तामोड ।

नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड-३स्थित संस्थाको सैनिकमोड सेवाकेन्द्र अन्तरगत उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकमोड सेवाकेन्द्रगत उपसमिति संयोजक देवीप्रसाद दाहालले अौचित्यसहित स्वागत गरेका थिए।

कार्यक्रममा संस्थाका प्रशिक्षक तथा सञ्चारकर्मी रत्नबहादुर बस्नेतले प्रशिक्षण प्रदान गरेका थिए।उनले सहकारीको अर्थ र उद्देश्य , सहकारी अभियानमा एनएमसी, एनएमसीको सदस्य किन बन्ने? सहकारीको सफलतामा सदस्यको भूमिका, सदस्य बन्नु अघि तथा सदस्य बनेपछि ध्यान दिनुपर्ने कुरा, सेवा सुविधा, उद्यमशीलतालगायत विषयमा जानकारी गराएका थिए।

त्यस्तै सैनिकमोड सेवाकेन्द्र प्रमुख गीता खड्काले संस्थाको परिचय, वित्तीय झलक, एनएमसीद्वारा सञ्चालित बहुव्यवसाय र तिनको वर्तमान अवस्थालगायत विषयमा सहजीकरण गरेकी थिइन्।

कार्यक्रममा संस्थाका बिर्ताअर्जुन क्षेत्रीय उपसमिति सदस्य तोमप्रसाद ओलीले सदस्य शिक्षा तालिमको अवसरलाई सक्रियातापूर्वक उपयोग गरी असल सदस्यको जिम्मेवारी पूरा गर्न तथा यसका सेवा सुविधाबाट लाभान्वित बन्न सहभागीलाई आग्रह गरेका थिए।

कार्यक्रममा सहभागीका तर्फबाट गंगादेवि घिमिरेले कार्यक्रमबाट संस्थाका बारेमा अत्यन्त उपयोगी जानकारी प्राप्त गर्नुको साथै एनएमसीसँग निर्धक्कभई आर्थिक कारोबार गर्न आफूहरुृ विश्वस्त भएको प्रतिक्रिया दिएकी थिइन्। संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नीति तथा कार्यक्रम, योजना र अभियानका बारेमा प्रशिक्षण प्रदान गरि सदस्यको भूमिका र कर्तव्यप्रति सजग गराउने उद्देश्यका आफ्ना ५९ वटै सेवाकेन्द्रहरुमा तालिमको आयोजना गरिने गरिएक‍ो बताइएको छ।

शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सतानु-गौरवती राजबंशी स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति सदस्य गोमा न्यौपाने, भौगोलिक एकाइ उपसमिति संयोजक,सदस्यलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख खड्काले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here